अर्थ / बाणिज्य

भट्टराई आयल निगमकाे निमित्त कार्यकारी निर्देशक

इकागज |
माघ ५, २०७८ बुधबार १९:३१ बजे

काठमाडाैँ – सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी तोकेको हो।


मन्त्रालयका अनुसार नियमित काम गर्नुपर्ने भएकाले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने निर्णय गरिएकाे हाे ।

नयाँ कार्यकारी निर्देशन नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर अघिल्लो साता बिदा भएपछि निगम नेतृत्वविहीन बनेको थियो। 


Author

थप समाचार
x