अर्थ / बाणिज्य

सारथी लघुवित्तले ९ प्रतिशत बोनस सेयर दिने

इकागज |
फागुन १२, २०७७ बुधबार १६:४६ बजे

काठमाडौं : सारथी लघुवित्त वित्तीय संस्‍थाले आफ्‍ना सेयरधनीलाई ९ दशमलव ११ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । लघुवित्तको मंगलबार बसेको सञ्‍चालकको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नयाँ नेपाल लघुवित्तसँगको मर्जरपछि कायम हुने चुक्तापुँजीको ९.११ प्रतिशत बोस बाँड्ने उल्लेख छ । मर्जरपछि लघुवित्तको चुक्तापुँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँ छ । २ करोड १४ लाख ४४ हजार ३ सय ५० रुपैयाँ बराबर बोनस सेयर वितरण गर्नेछ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ११ लाख २८ हजार ६ सय ५० रुपैयाँ नगद लाभांश बाँड्ने भनिएको छ ।



Author

थप समाचार
x