अर्थ / बाणिज्य

तस्करी गर्ने गुप्तालाई २५ करोडको मुद्दा

इकागज |
फागुन १६, २०७७ आइतबार १८:९ बजे

काठमाडौं : राजस्व अनुसन्‍धान विभागले भन्‍सार चोरी तस्करीको अभियोगमा बीरगञ्‍ज उप-महानगरपालिका वडा नं.१० का रजनीश कुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रालिका सञ्‍चालक तथा प्रोप्राइटर गुप्‍ताविरुद्ध २५ करोड ८० लाख ६५ हजार चार सय २३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरी पाटन उच्‍च अदालतमा मुद्दा दायर गरेको हो । 

शुक्रवार मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ। गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागको अनुसन्‍धानमा खुलेको छ । 



Author

थप समाचार
x