अर्थ / बाणिज्य

एमभी दुगडद्वारा पियाजियोको अप्रिल्ला एसएक्‍सआर १६० नेपालमा सार्वजनिक

इकागज |
फागुन २४, २०७७ सोमबार २०:३३ बजे

काठमाडौं :  एमभी दुगड ग्रुपले पियाजियोको अप्रिल्‍ला एसएक्सआर १६० सुरू गर्ने घोषणा गरेको छ । जुन अप्रिलिया नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो । बहप्रतीक्षित प्रीमियम स्कुटर नेपालको ४ लाख ९ हजार ९ सय रुपैयाँको प्रारम्भीक मूल्यमा उपलब्ध हुनेछ ।

कार्यक्रममा पियाजियो इन्डि ‍याका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी वरिष्ठ उपाध्यक्ष सुधाशु अग्रवाल साथै एम भी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरेका हुन् ।

सिंगल सिलिन्डर ४-स्ट्रोक एयर-कूल्ड, भल्भ फीउल ईन्जेक्शन कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ । यसले ९०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्दछ ।

उद्घाटन समारोहको बारेमा टिप्पणी गर्दै पियाजिओ भारतका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफीले भने, 'हामी सबै ग्राहकहरुका लागि अप्रिल्‍ला एसएक्सआरलाई धेरै अपेक्षित प्रीमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं। उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक अप्रिल्ला विशेष गरी इटालीमा डिजाइन गरिएको हो, हामी विश्वास गछौं कि यस स्कूटरले नेपालको प्रीमियम टू कीलर बजारमा उच्च मापदण्डहरू सेट गर्नेछ ।'



Author

थप समाचार
x