प्रमुख समाचार

सोमबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

सोमबार-सामान्य-अंकले-बढ्

फागुन २४, २०७८ मंगलबार १८:५ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्समा सोमबारको कारोबारमा सामान्य अंकले बढेको छ ।  साताको दोस्रो कारोबारको दिन सोमबार १ अंकले बढेको हो ।

सोमबार २५४३.३९ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक बिन्दू २५४४.९३ अंकमा पुगेर कारोबार बन्द भएको हो। अर्थात आज बजार परिसूचक १.५४ अंकले ‌उकालो लागेको छ ।

आजको कारोबारमा सेयर बजार परिसूचक ०.०६ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.१४ अंक अर्थात ०.४४ प्रतिशतले बढेर ४९२.२७ अंकमा उक्लिएको छ ।

सोमबार २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर ४० हजार १ सय ३० पटक खरिद बिक्री भएको छ ।

सामान्य अंकले बजार बढ्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीको सेयर मूल्य घटेको छ ।

बोटलर्स नेपाल तराई लिमिटेड, सामूदायिक लघुवित्त वित्तिय संस्था, इमर्जिङ नेपाल लिमिटेड, समता घरेलु लघुवित्त तथा नेपाल दुरसञ्चार प्राधिकरण सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ पाँच परिसूचक सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन्। बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, निर्जीवन बीमा समूह, म्यानिफ्यकचरिङ एण्ड प्रोडक्सन समूह तथा अन्य समूह बढ्दा बाँकी ८ समूहको सेयर मूल्य ओरालो लागेको हो ।

आज सर्वाधिक गुमाउनेमा पाँचथर पावर कम्पनी लिमिटेड,पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड,कर्पोरेट डेभलोमेन्ट बैंङ्क, बरूण हाइड्रो पावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् ।

 



Author

थप समाचार
x