फुटबल

‘मोरक्को सेमिफाइनल पुग्‍न हजार प्रतिशत सक्षम थियो’

इकागज |
मंसिर २५, २०७९ आइतबार १३:१० बजे

काठमाडौँ- मोरक्कोका मिडफिल्डर सोफयान अमबारातले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुग्न मोरक्को एक हजार प्रतिशत सक्षम रहेको बताएका छन् ।

शनिबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । युसेफ इन-नेसरीले मोरक्कोका लागि निर्णायक गोल गरेका थिए ।


मोरक्कोका मिडफिल्डर सोफयानले मोरक्कोले सेमिफाइनलमा पुग्ने सपना साकार पारेको बताएको आईएएनएसले जनाएको छ । मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी मुलुक समेत बनेको छ ।

‘यो साच्चिकै अविश्वसनीय हो । यो एउटा सपना जस्तो लाग्छ । हामी सेमिफाइनलमा पुग्न एक हजार प्रतिशत सक्षम थियौँ,’ सोफयानले बताए ।

मोरक्कोले पोर्चुगललाई पराजित गर्दै केवल २६ प्रतिशत मात्र बलमाथि नियन्त्रण राख्न सकेको थियो ।


Author

थप समाचार
x