फुटबल

मोरक्कोका गोलरक्षक बोउनोउलाई युरोपियन क्लबबाट प्रस्ताव !

इकागज |
मंसिर २६, २०७९ सोमबार १०:२ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोर्चुगललाई १-० ले पराजित गर्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेसँगै मोरक्कोको चौतर्फी प्रशंसा भइरहेको छ ।

विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने मोरक्को पहिलो अफ्रिकी मुलुक बनेसँगै मोरक्कोका खेलाडीहरू पनि चर्चाको शिखरमा पुगेका छन् ।


अझ गोलरक्षक यासिने बोउनोउले प्रि-क्वार्टरफाइनलमा स्पेनविरुद्ध तथा क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध गरेको उत्कृष्ट बचाउ गरेपछि उनलाई युरोपका ठूलो क्लबले भित्र्याउन लागेको चर्चा सुरु भएको छ ।

युरोपियन क्लब रियल मड्रिडदेखि म्यानचेस्टर युनाइटेडसम्मले बोउनोउलाई भित्र्याउने प्रयास गरिरहेको अलजजिराले जनाएको छ ।

बोउनोउले विश्वकपको तीन खेलमा कुनैपनि गोल खाएनन् । जुन अफ्रिकी टिमका लागि पहिलो अवसर हो । विश्वकपमा खेलेका चार खेलमा उनले केवल एक गोल खाएका छन् ।

अझ पेनाल्टी सुटआउटमा बोउनोउविरुद्ध स्पेनका तीनवटै खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।


Author

थप समाचार
x