फुटबल

मोरक्कोको विमानले कतारका लागि ३० विशेष उडान गर्ने

इकागज |
मंसिर २६, २०७९ सोमबार ११:३५ बजे

काठमाडौँ- मोरक्कोको रोयाल एयर मारोकले फुटबल समर्थकलाई ओसार्न कासाबलान्काबाट कतारको दोहाका लागि ३० वटा विशेष उडान गर्ने भएको छ ।

कतारमा जारी फिफा विश्वकप अन्तर्गत बुधबार राति मोरक्को र फ्रान्सबीच हुने सेमिफाइनल खेलका लागि दर्शक ओसार्न रोयाल एयरले ३० वटा विशेष उडान गर्ने भएको रोयटर्सले जनाएको छ ।


उडान मंगलबार र बुधबार हुने विमानले जानकारी गराएको छ । क्वार्टरफाइनलमा पोर्चुगललाई १-० ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा पुगेको थियो ।

विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।


Author

थप समाचार
x