फुटबल

पानीको समस्यासँग जुधिरहेको कतारले विश्वकपको मैदानका लागि कहाँबाट पानी ल्याउँछ ?

इकागज |
पुस २, २०७९ शनिबार १३:५४ बजे

काठमाडौँ- आइतबार कतारको लुसेल स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फिफा विश्वकप फुटबलको फाइनल खेल हुनुअघि स्टेडियममा ३०० टन पानी खन्याइसकिएको हुनेछ ।

मरुभूमि रहेको कतारमा फुटबल स्टेडियमको घाँसलाई खेल्न लायक बनाइराख्न ग्राउन्ड स्टाफले दिनहुँ १० हजार लिटरभन्दा बढी पानी छर्कने गरेको बीबीसी हिन्दीले जनाएको छ ।


विश्वकपका क्रममा कतारमा प्रयोग भएको विभिन्न ८ स्टेडियम तथा अभ्यास स्थलमा पनि दिनहुँ पानीको प्रयोग गरिएको छ ।

तर कतारले विश्वमै सबैभन्दा धेरै पानीको समस्या झेल्दै आएको छ । विश्वकप आयोजनाका लागि पनि कतारले पानीको समस्या झेलिरहेको छ । उसलाई आफ्नो सफलतालाई कायम राख्दै पर्यावरण पनि जोगाउनुपर्नेछ ।

अर्को तर्फ विश्वकपको मैदान तयार गरिरहेका कर्मचारीहरुका अनुसार उनीहरुको देशभन्दा कतारको अवस्था निकै फरक छ ।

आपतकालीन अवस्थामा कतारको राजधानी दोहाको उत्तरमा ४ लाख २५ हजार वर्ग मिटरमा एमेरजेन्सी ग्रास रिजर्भ लगाएको छ । यसको लागि पुनः प्रयोग गरिने पानीको प्रयोग गरिने गरिएको छ ।

जबकि विश्वकपको मैदान र अभ्यासका लागि पानी कृत्रिम तरिकाले बताइने गरिएको छ । सो पानी डीसेलिनेशन (अलवणीकरण) प्रक्रियाको आधारमा बनाइने गरिएको छ ।


Author

थप समाचार
x