फुटबल

फिफा विश्वकपः सुखद अन्त्यको पर्खाइमा क्रोएसिया र मोरक्को

इकागज |
पुस २, २०७९ शनिबार १५:१२ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्रोएसिया र मोरक्कोले आफ्नो अन्तिम खेल खेल्दैछन् । उपाधि दौडबाट बाहिरिसकेका क्रोएसिया र मोरक्को दुवै टोली अन्तिम खेल जित्दै विश्वकपको यात्रा टुंग्याउन चाहन्छ ।

अर्कोतर्फ उपाधिविहिन भएर घर फर्किने हुनाले दुवै टोलीका लागि आजको खेलमा गुमाउनुपर्ने खासै केही छैन, तर दुवै टोली अन्तिम खेलमा जित हात पार्न चाहन्छन् ।


विश्वकपमा अप्रत्यासित नतिजा निकालेका मोरक्को र क्रोएसिया भने उपाधिनजिक भने पुगेका थिए । तर सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिना तथा मोरक्कोले फ्रान्सविरुद्ध पराजित भएपछि उनीहरुको उपाधि दौडमा विश्राम लागेका थियो ।

समूह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेपछि पुनः एकपटक एक-अर्काविरुद्ध खेल्दैछन् । विश्वकपको अन्तिम खेलमा पनि सोही प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।

अर्कोतर्फ क्रोएसियाका लागि आफ्ना ३७ वर्षीय मिडफिल्डर लुका मोड्रिचलाई बिदाइको रुपमा मोरक्कोलाई पराजित गर्ने अवसर छ । क्रोएसियाका लागि १५ वर्ष फुटबल खेलेका मोड्रिचले सन् २००८, २०१२, २०१६ तथा २०२० को युरोपियन च्याम्पियनसीप तथा सन् २००६, २०१४, २०१८ तथा २०२२ को विश्वकप खेले ।

मोरक्कोका लागि भने अविश्वसनीय नतिजाका लागि तयार रहेका आफ्ना समर्थकलाई धन्यवाद दिन तथा आफ्नो क्षमता एकपटक पुनः प्रमाणित गर्न पनि क्रोएसियालाई पराजित गर्नुपर्नेछ ।

मोरक्कोलाई धेरैले अन्डरडग भनेपनि कडा मेहनत तथा क्षमतावान खेलाडीको भरमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।


Author

थप समाचार
x