फुटबल

फिफा विश्वकपः मोरक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो

इकागज |
पुस २, २०७९ शनिबार २२:३९ बजे

काठमाडौँ- क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । शनिबार राति भएको तेस्रो स्थानको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

क्रोएसियालाई जित दिलाउन जोस्को ग्भार्डियोल र मिसलाभ ओरसिकले एक-एक गोल गरे । मोरक्कोका लागि अचरफ डारीले एक गोल फर्काए ।


जोस्कोले सातौँ मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएपनि मोरक्कोका अचरफले नवौँ मिनेटमै गोल फर्काउदै खेललाई बराबरी अवस्थामा पुर्‍याए ।

तर मिसलाभले ४२ औँ मिनेटमा गरेको गोलसँगै क्रोएसियाले मोरक्कोलाई पराजित गर्‍यो । यसअघि समूह चरणमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार अर्जेन्टिना र फ्रान्सबीच हुनेछ ।


Author

थप समाचार
x