फुटबल

मेस्सीलाई विश्वकप जिताउन 'बाेक्सी'हरुकाे दौडधूप

इकागज |
पुस ३, २०७९ आइतबार १६:४४ बजे

काठमाडौँ- आफूलाई विच ‘अर्थात बोक्सी’ दाबी गर्ने अर्जेन्टिनाकी म्यागाली मार्टिनेजले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीमाथि लागेको अलौकिक श्रापमाथि जित हात संघर्ष गरिरहेको दाबी गरेकी छन् ।

न्यूयोर्क टाइम्स पत्रिकामा प्रकाशित आलेखका अनुसार मेस्सीले मैदानमा संघर्ष गरिरहेका थिए र त्यसको कारण थियो उनीमाथि परेको दुष्ट दृष्टि ।


सो कुरा थाहा पाएपछि मार्टिनेजले आफ्नो काम सुरु गरिन् । अर्थात उनले मेस्सीको भलाइको कामना गर्दै कचौरामा अलिकति पानी र तेल राखिन् ।

मार्टिनेजको विश्वास के थियो भने यदि तेल तितरवितर भयो भने मेस्सी सुरक्षित रहनेछन् तर यदि तेल पानीको बीचमा जम्मा भयो भने उनीमाथि श्राप लागेको पुष्टि हुनेछ । नभन्दै तेल पानीकाे बीच भागमा जम्मा भयो ।

मार्टिनेजले यसरी मेस्सीमाथि श्राप लागेको फेला पारेपछि उनले ट्विटरमार्फत अर्जेन्टिनामा रहेका सबै धामीझाँक्री तथा बोक्सीसँग मेस्सीलाई श्रापबाट मुक्त गर्न सहयोग मागिन् ।

हजारौंले मार्टिनेजको ट्वीट सेयर गर्दै आफूहरु पनि झाँक्री तथा बोक्सी भएको तथा मेस्सीलाई श्रापबाट मुक्त गर्नका लागि सहयोग गर्न तयार रहेको बताए ।

अहिले आफूलाई ‘ब्रुजास’ बताउने अर्जेन्टिनाका हजारौं महिलाहरु विभिन्न तरिकाले मेस्सीको भलाईका लागि प्रार्थना गरिरहेका छन् । उनीहरु आफ्नो प्रार्थनाले मेस्सीले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउनेमा विश्वस्त छन् । 


Author

थप समाचार
x