फुटबल

फिफा विश्वकपः अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा

इकागज |
पुस ३, २०७९ आइतबार २२:४७ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

लुसेल स्टेडियममा जारी फाइनलको निर्धारित ९० मिनेटमा दुबै टिमले २-२ गोलको बराबरी खेलेका छन् ।


बराबरीपछि अतिरिक्त ३० मिनेट थप गरिएको छ । निर्धारित ९० मिनेटको पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गरेपनि दोस्रो हाफमा फ्रान्सले पनि २ गोल फर्कायो ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र एन्जेल डी मारियाले एक-एक गोल गरे । मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मारियाले ३६ औँ मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

तर फ्रान्सका कायलियन एमबाप्पेले ८० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए । ८१ औँ मिनेटमा एमबाप्पेले अर्को गोल गरेपछि खेल बराबरीमा पुग्यो । एमबाप्पेले ९७ सेकेन्डभित्रै दुबै गोल गरे । 


Author

थप समाचार
x