फुटबल

शेख सलमान तेस्रोपटक एएफसीको अध्यक्षमा निर्वाचित

इकागज |
माघ १८, २०७९ बुधबार १५:१८ बजे

काठमाडौँ- शेख सलमान बिन इब्राहिम अल खालिफा तेस्रो पटक एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को अध्यक्षमा निर्वाचित भएका छन् । बहराइनमा जारी एएफसी ३३ औँ कंग्रेसबाट शेख सलमान तेस्रो पटक अध्यक्षमा निर्वाचित भएको एएफसीले जनाएको छ ।

बहराइनका राजपरिवारका सदस्य शेख खलमान सन् २०२७ सम्मका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसैगरी, हाचेम हैदर, मेहदी ताज, उगेन सेचुप, जाव जाव र गानबाटार अमगालानबाटार उपाध्यक्षमा निर्वाचित भएका छन् ।


अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।


Author

थप समाचार
x