फुटबल

फिफा वर्ष खेलाडी : मेस्सी, एम्बाप्पे र हालान्डमध्ये कसले मार्ला बाजी ?

इकागज |
मंसिर ३०, २०८० शनिबार ७:३२ बजे

काठमाडौँ- फिफाको यस वर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट'को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिएपछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ । 

फिफाको अन्तिम तीनमा इर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी), केलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट-जर्मेन) र लिओनल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन/मियामी) परेपछि धेरैले मेस्सीको सम्भावना देखाएका छन् । कारण उनले गत वर्षको विश्वकप जिताउन ठूलो भूमिका खेलको दाबी गरिएको थिए ।


फिफाले हरेक वर्ष प्रदान गर्ने 'द बेस्ट'को उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

सुरूमा यस अवार्डका लागि १२ खेलाडी छनोट गरिएकोमा राष्ट्रिय टीमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरूको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाएको छ । जसअनुसार यस अवधिमा हालान्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुटसमेत जित्ने खेलाडी हुन् । हालान्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताएपछि उनको दाबीलाई कमजोर ठानिएको छैन ।

एम्बाप्पेले पिएसजीलाई 'लिग वान'को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्‍याएको भनेर मनोनित गरिएको जनाउँदै आएको छ ।

त्यस्तै २०२२ को 'द बेस्ट अवार्ड'समेत जितेका मेस्सीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा 'द बेस्ट अवार्ड'का प्रमुख दाबेदार मानिएका छन् ।


Author

थप समाचार
x