फुटबल

जब फुटबल खेलका क्रममा समर्थकले मैदानमै चकलेट फाले…

इकागज |
माघ ७, २०८० आइतबार १०:३२ बजे

काठमाडौँ- समर्थकले मैदानमै चकलेट फालेपछि जर्मन बुन्डेसलिगाअन्तर्गत बोरुसिया डर्टमन्ड र कोलोन्गेबीचको खेल प्रभावित बनेको थियो ।

जर्मन फुटबल एसोसियसनले नयाँ लगानी प्रस्ताव गरेको विरोधस्वरुप समर्थकले बोरुसिया डर्टमन्ड र कोलोन्गेबीचको खेलका क्रममा चकलेट मैदानमा फालेका बीबीसीले जनाएको छ ।


खेल चलिरहँदा १२ औँ मिनेटमा समर्थकले मैदानमा सिक्कायुक्त चकलेट फालेका थिए । खेलको '१२ खेलाडी'को रुपमा समर्थकहरुले १२ औँ मिनेटमै विरोध गरेका हुन् ।

तर उक्त खेलमा बोरुसिया डर्टमन्डले कोलोन्गेलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।


Author

थप समाचार
x