फुटबल

आयोजक कतारसँगै ताजकिस्तान एसियन कप फुटबलको प्रि-क्वार्टरफाइनलमा

इकागज |
माघ ९, २०८० मंगलबार १०:४५ बजे

काठमाडौँ- आयोजक कतारसँगै ताजकिस्तान एएफसी एसियन कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह 'ए' अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कतारले चीन तथा ताजकिस्तानले लेवनानलाई पाखा लगाउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।


समूह चरणको तेस्रो तथा अन्तिम खेलमा चीनलाई १-० गोलले पराजित गरेको कतारले ३ वटै खेल जित्दै ९ अंक जोड्यो । कतारलाई जित दिलाउन हसन अल हायदोसले निर्णायक गोल गरे ।

यता ताजकिस्तानले भने लेवनानलाई २-१ गोलअन्तरले पराजित गर्‍यो । ताजकिस्तानले ३ मध्ये एक खेलमा जित, एक खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा निकाल्न सफल भयो ।

सोमबार राति ताजकिस्तानलाई जित दिलाउन पार्भिज्डहोन उमारवेयक र नुरिदिन खामरोकुलोभले एक-एक गोल गरे । लेवनानका लागि बासेल जरादीले एक गोल गरे ।


Author

थप समाचार
x