फुटबल

साउदी क्लबमा जाँदै राकिटिक

इकागज |
माघ १५, २०८० सोमबार ७:३८ बजे

काठमाडौँ- क्रोसियाका मिडफिल्डर इभान राकिटिक साउदी प्रो लिग जाने भएका छन् ।

स्पेनिस क्लब सेभिया छाडेर राकिटिक साउदी प्रो लिग क्लब अल शबाबमा जाने भएका हुन् ।


राकिटिक लियोनेल मेस्सीको क्लब इन्टर मियामी जाने चर्चाका बीच अब उनी साउदी लिगमा जाने निश्चित भएको हो ।

राकिटिकले सेभियालाई साउदी जाने जानकारी दिएको र उनले अल शबाबका लागि सोमबार मेडिकल गर्ने बताइएको छ ।

राकिटिकले सेभियामा २०२० देखि खेलिरहेका छन् । उनले अहिलेसम्म सेभियाका लागि १७४ खेल खेल्दै १९ गोल गरेका छन् ।

यसअघि उनले बार्सिलोनाका लागि २०१४ देखि २०२० सम्म ३१० खेल खेल्दै ३५ गोल गरेका थिए । राकिटिक क्रोसियाको राष्ट्रिय टिममा २००७ देखि २०१९ सम्म १०६ खेल खेल्दै १५ गोल गरेका थिए ।


Author

थप समाचार
x