फुटबल

रंगभेदी दुर्व्यवहारका कारण फुटबल खेल्ने इच्छा मर्दै गएको भिनिसियस जुनियरको भनाइ

इकागज |
चैत १३, २०८० मंगलबार ११:४१ बजे

काठमाडौँ- ब्राजिलियन विंगर भिनिसियस जुनियरले रंगभेदी दुर्व्यवहारका कारण फुटबल खेल्ने इच्छा मर्दै गएको बताएका छन् ।

सोमबार एक पत्रकार सम्मेलनका क्रममा स्पेनिल ला लिगा क्लब रियल मड्रिडबाट खेल्दै आएका भिनिसियसले पटक-पटकको दुर्व्यवहारका कारण आफूलाई फुटबल खेल्ने इच्छा मर्दै गएको बताएका बीबीसीले जनाएको छ ।


गत सिजन ला लिगाका वकिलहरूले २३ वर्षीय भिनिसियसमाथि भएको दुर्व्यवहारका १० घटनालाई दर्ता गराएका थिए ।

पत्रकार सम्मेलनका क्रममा भिनिसियसले आफूले रियल मड्रिड र स्पेन नछाड्ने तथा रंगभेदीलाई जित्न नदिने बताए । तर उनले विभेदका कारण आफूमा फुटबल खेल्ने इच्छा मर्दै गएको बताएका थिए ।

उनका अनुसार आफूले स्पेन छाडे रंगभेदी दुर्व्यवहार गर्नेहरूले चाहेअनुसार नै हुने बताए ।


Author

थप समाचार
x