फुटबल

ला लिगाः बार्सिलोनाको संघर्षपूर्ण जित

इकागज |
चैत १८, २०८० आइतबार ११:१३ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले लास पाल्मसविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।

शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित लास पाल्मसलाई १-० गोलले पराजित गरेको हो ।


गोलरक्षक अल्भारो भालेस २६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लास पाल्मस १० खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि ५९ औँ मिनेटमा राफिन्हाले गरेको एक गोलकै मदतमा बार्सिलोनाले जित हात पार्‍यो ।

यस जितसँगै लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको दूरी ५ अंकमा झारेको छ ।

रियल मड्रिडले २९ खेलबाट ७२ अंक जोड्दा बार्सिलोनाको ३० खेलमा ६७ अंक छ ।


Author

थप समाचार
x