सुशासन

सात ठेकेदार कम्पनी कालोसूचीमा

इकागज |
साउन २१, २०७८ बिहीबार १०:४२ बजे

काठमाडौँ - सरकारले सात ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालो सूचीमा राखेको हो ।

काठमाडौँको शान्तिनगरस्थित एके एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ ।  पर्वतको कुस्मा नगरपालिकास्थित कालिगंगा निर्माण सेवा, इलामको कण्टा निर्माण सेवा, कैलालीको लाटिनाथ कन्स्ट्रक्सन सेवा, उदयपुरको अम्बा सप्लायर्स, सुनसरीको आविद निर्माण सेवा र काभ्रेको बिक्रम खाद्यस्टोरलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।



Author

थप समाचार
x