सरकार

रास्वपाबाट मन्त्री बनेकाहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

इकागज |
माघ २२, २०७९ आइतबार २०:११ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री दाहाललाई भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका हुन् । 


प्रधानमन्त्री दाहालले गृहमन्त्रीमा रवि लामिछानेलाई पुनः नियुक्त नगर्ने बताएपछि रास्वपाबाट मन्त्रिपरिषद्मा सहभागी भएकाहरूले राजीनामा बुझाएका हुन् । 


Author

थप समाचार
x