सरकार

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने

इकागज |
फागुन २८, २०७९ आइतबार १२:२१ बजे

काठमाडौं - उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले जानकारी दिइन् । 

उनका अनुसार फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो । 


यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।


Author

थप समाचार
x