सरकार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

इकागज |
जेठ ५, २०८० शुक्रबार १७:५३ बजे

काठमाडौंँ– सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । 

शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बारामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेका हुन् । 


राष्ट्रपति पौडेलले निजगढसँगै प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउनेसमेत बताए । हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड गम्भीर रूपमा लागू गर्ने पनि उनले घोषणा गरे । 


Author

थप समाचार
x