सरकार

विराटनगर आउँदै राष्ट्रपति पौडेल

इकागज |
पुस ७, २०८० शनिबार ७:९ बजे

फाइल तस्बिर

विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर आउँदै छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरे प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने राष्ट्रपति पौडेल आज शनिबार विराटनगर आउन लागेका हुन् ।

पौडेल विहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम तय भएको छ । विराटनगरस्थित  होटल सिटीप्यालेसमा केही समय भेटघाटसमेत गर्ने उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्कने कार्यक्रम सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x