सरकार

मरेपछि खरानी भएर जाने अंगहरू दानका निम्ति सबैले प्रोत्साहित गरौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
पुस ७, २०८० शनिबार १०:५९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् ।

शनिबार बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त आव्हान गरेका हुन् ।


‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु, मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सोलगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो । तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु’ प्रधानमन्त्री प्रचण्डले भने ।


Author

थप समाचार
x