सरकार

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा साँझ ५ बजे सम्बोधन गर्दै

इकागज |
पुस १०, २०८० मंगलबार ७:० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । 

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारबाट साँझ ५:०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । 


यसअघि दिउँसो ३:०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भएपछि साँझ ५:०० बजे सम्बोधन गर्न लागेका हुन् । 

प्रधानमन्त्रीका नियुक्ति भएका एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा विशेष सम्बोधन गर्न लागेका हुन् ।


Author

थप समाचार
x