सरकार

आफै पढेको क्याम्पसको वार्षिकोत्सवमा सहभागी हुँदै राष्ट्रपति पौडेल

इकागज |
पुस १०, २०८० मंगलबार ७:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल सरस्वती बहुमुखी क्याम्पस काठमाडौँको वार्षिकउत्सवमा सहभागी हुने भएका छन् । 

आज हुने क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिको रूपमा राष्ट्रपति पौडेल उपस्थित हुने क्याम्पस प्रमुख डा. गोलमान गुरूङ्गले जानकारी दिएका छन् ।


राष्ट्रपति पौडेलले सरस्वती क्याम्पसमा अध्ययन गरेका थिए ।


Author

थप समाचार
x