सरकार

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन निरन्तर हुने

इकागज |
फागुन १६, २०८० बुधबार १७:५५ बजे

काठमाडौँ- न्याय मार्च गर्दै काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भए पनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए । उनले आफूहरूको मागलाई राज्यले गम्भीर रूपमा लिए पनि सकारात्मक भने नदेखिएको बताए ।


सरकारसँगको वार्ता र आन्दोलन निरन्तर हुने उनको भनाइ छ । 

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।  


Author

थप समाचार
x