सरकार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

इकागज |
फागुन २१, २०८० सोमबार १७:४८ बजे

काठमाडौँ- नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीलत निवासमा आज तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाल अर्याललाई पहिलो चरणमा बिनाविभागीय मन्त्री बनाइएको हो । 


नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गराइएको हो । शीर्ष नेताहरूबीच सहमति भएपछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।


Author

थप समाचार
x