सरकार

प्रधानमन्त्रीपछिको वरीयतामा रघुवीर महासेठ, तेस्रोमा श्रेष्ठ र लामिछाने

इकागज |
फागुन २३, २०८० बुधबार १८:० बजे

फाइल फोटो

काठमाडौं - नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरीयता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन्। तेस्रो वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरीयता रविभन्दा अघि रहने छन्।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरीयतामा महासेठ रहने सहमति भएको हो। महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहने छन्।


नारायणकाजी श्रेष्ठ त्यसपछिको वरीयतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्ने छन्।


Author

थप समाचार
x