खेलकुद

एनएसआरए एनिभर्सरी कप स्क्वासको उपाधिका लागि कृष्णा र विपना भिड्ने

इकागज |
मंसिर २९, २०८० शुक्रबार १४:५८ बजे

काठमाडौँ- एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत महिला एकलको उपाधि भिडन्त नेपालका दुई शीर्ष वरीयताकी महिला खेलाडी कृष्णा थापा र विपना ब्लोनबीच हुने भएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा जारी प्रतियोगिताको फाइनलमा स्थान बनाउने क्रममा विपना ब्लोनले सेमिफाइनलमा स्वस्थानी श्रेष्ठलाई ११–४, ११–५, ६–११, ११–६ ले पराजित गरिन् ।


अर्को सेमिफाइनलमा कृष्णाले भावना सुनुवारलाई सोझो सेटमा ११–८, ११–३ र ११–४ ले पराजित गरिन् ।

यसैगरी छात्राको यू-१९ को फाइनल साक्षी सुनुवार र रेनेसा महर्जनबीच हुने भएको छ । पहिलो सेमिफाइनलमा साक्षीले रचना प्रजालाई ११–३, ११–० र ११–३ तथा दोस्रो सेमिफाइनलमा रेनेसाले अर्पणा प्रजालाई ११–८, ११–२ र ११–४ ले हराए ।

नेपाल स्क्वास र्याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वास भएको हो । एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगिताको शनिबार अन्तिम दिन हो ।


Author

थप समाचार
x