सरकार

प्रचण्ड मन्त्रिपरिषदमा जसपालाई तीन मन्त्री

इकागज |
चैत १२, २०८० सोमबार १५:२ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुनः आज गरेको मन्त्रिपरिषद् विस्तार गरेपछि जसपाले तीन मन्त्री पाएको हो ।  


जसअनुसार जसपाबाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन् ।

नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुँदैछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नवलकिशोर साह सुढीले पाएका थिए ।
 
 


Author

थप समाचार
x