स्वास्थ्य

ग्यास सिलिण्डर विस्फोट

कस्तो छ चन्द्र भण्डारी र उनकी आमाको अवस्था ?

इकागज |
फागुन ४, २०७९ बिहीबार ९:२६ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोटमा परी गम्भीर घाइते भएका छन् । उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । दुवैलाई थप उपचारका लागि बाहिर लैजान अस्पतालले सिफारिस गरिसकेको छ । 

कीर्तिपुर अस्पतालका अनुसार भण्डारीको दुवै हात र दुवै गोडाहरूमा गरी २५-३० प्रतिशत जलेको छ । आमाको शरीरको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।  


दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने सम्भावना रहेको अस्पतालले जनाएको छ । 


Author

थप समाचार
x