स्वास्थ्य

नर्सिङ लाईसेन्सको परीक्षा असार, कात्तिक र फागुनमा हुने

इकागज |
बैशाख २५, २०८१ मंगलबार १७:११ बजे

काठमाडौँ- नेपाल नर्सिङ काउन्सिलले नर्सहरूको नाम दर्ता (लाइसेन्स) परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ । काउन्सिलले मंगलबार विसं २०८१ सालमा हुने प्रवीणता प्रमाण पत्र तह (पीसीएल) र बीएस्सी नर्सिङ तथा विशेषज्ञ नर्सिङ र वीएमएस तर्फको परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

काउन्सिलको परीक्षा समितिका अनुसार पीसीएल र बीएस्सी नर्सिङ तर्फ १५ असार, १० कात्तिक र १० फागुन गरी २०८१ सालमा तीन पटक परीक्षा हुनेछ ।


यस्तै विशेषज्ञ नर्सिङ र बीएमएस तर्फको परीक्षा भने १८ असारमा हुने भएको छ । नाम दर्ता (लाइसेन्स) परीक्षामा उत्तीर्ण भएका नर्सहरूले मात्रै बिरामीको उपचार तथा हेरचाहमा सहभागी हुन पाउने छन् ।


Author

थप समाचार
x