स्वास्थ्य

डाक्टरको नारा : 'समृद्धिको आशै छैन सुरक्षा त देऊ, होइन भने सेतो कोट र स्टेथेस्कोप तिमी नै लिऊ'

अनुज बज्राचार्य |
भदौ ३१, २०८० आइतबार १२:६ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- आज देशैभरका स्वास्थ्य संस्था बन्द भएका छन् । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द भएको हो । 

हेटौंडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो ।


शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणवद्ध आन्दोलन थालिएको संघको भनाइ छ ।

उनीहरूले विदेश जान बाध्य नपार भन्दै प्ले कार्ड बोकेका छन् । 'सम्वृद्धिको आशै छैन, सुरक्षा त देउ, होइन भने सेतो कोट र स्टेथेस्कोप तिमि नै लेउ' जस्ता नारा बनाएका छन् ।

संघका अनुसार गत भदौ २७ गते डा विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले स्मरण गराएको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो ।

संघका अनुसार देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडि सारेको छ । 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x