स्वास्थ्य

दुई औषधि पसलमा काठमाडौँ महानगरले गर्‍यो सिलबन्दी, एउटालाई सुधारको मौका

इकागज |
पुस ४, २०८० बुधबार २०:५३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ । 

सिलबन्दी गरिएका पसलहरूमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् । यसैगरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिनकाे समय दिइएको हाे ।


स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले फार्मेसीमा सिलबन्दी गर्नु परेको हो ।

अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो । 


Author

थप समाचार
x