स्वास्थ्य

अब औषधिले घटाउँछ मोटोपना

इकागज |
चैत ८, २०८० बिहीबार ७:४७ बजे

दुब्लाउने रहर कसलाई हुँदैन र ? अझ नेपाली समाजमा ३०-४० को दशकतिर मोटोपनाले मान्छेमा धनी र गरिब छुट्याउँछ भन्‍ने एउटा भनाई थियो । मोटो मान्छेलाई खान्दानीको रूपमा हेरिन्थ्यो । दुब्लोलाई खान नपाएको अर्थात्‌ गरिबको रूपमा हेरिन्थ्यो । अझै पनि नेपाली समाजमा मोटो मान्छेले भन्‍ने गर्छन् खान्दानी पेट हो ।

सञ्‍चारको विकाससँगै देश-विदेशका सूचना मानिसले सहजै थाहा पाउने भए । समाज शिक्षित हुँदै गयो । जब समाजमा चेतना बढ्‌दै गयो मानिसहरूलाई बल्ल थाहा हुन थाल्यो मोटोपना खान्दानी होइन् एउटा समस्या हो अर्थात रोग हो ।


अहिले कतिपय मनिसहरू मोटोपना कसरी घटाउने भन्‍नेमा तनावमा हुन्छन् । तर अब त्यो तनाव पनि लिनु नपर्ने भएको छ । मोटोपना घटाउने औषधि नै बिक्री सुरू भइसकेको छ ।

जापानमा मोटोपना रोगको उपचारका रूपमा विश्वभरको ध्यानाकर्षण भएको औषधिको बिक्री सुरु भएको छ । फेब्रुअरी २२ मा डेनिस औषधि कम्पनी नोवो नोर्डिस्कको मोटोपन उपचार औषधि उगोबी (जेनेरिक नाम सेमाग्लुटाइड) जापानमा लन्च गरिएको थियो ।

यसैबीच मोटोपना हटाउन मद्दत गर्ने ताइशो फार्मास्युटिकलको 'अराइ' (जेनेरिक नाम ओरलिस्ट्याट) अप्रिल ८ मा रिलिज हुँदैछ ।

पसल र फार्मेसीहरूमा मोटो पेट भएका मानिसहरूको भिसेरल बोसो घटाउनको लागि औषधिको रूपमा बेचिन्छ । ताइशो फार्मास्युटिकलले बिक्रीको लागि विभिन्‍न सर्तहरू राखेको छ । तर यो औषधि सबैले किन्न भने सक्दैनन् । तर मानिसको दैनिक जीवनमा ठूलो प्रभाव पार्ने साइड इफेक्टहरू पनि रहेका छन् ।

मोटोपनाको समस्या विश्वभर रहेको छ । अझ धेरै समस्या त एसियामा रहेको छ । औषधिको रूपमा प्रयोग गर्न पाइनेपछि नेपाललगायत विभिन्‍न ठाउँका मानिसहरूलाई पनि यसले फाइदा पुर्‍याउनेछ ।


Author

थप समाचार
x