स्वास्थ्य

नेपालमा भेपको बिक्री वितरणमा राेक लगाइँदै

इकागज |
चैत २३, २०८० शुक्रबार १४:१ बजे

सांकेतिक तस्विर

काठमाडौँ- नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लाग्ने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सुर्तीजन्य पदार्थ सम्बन्धी अनुसन्धानको रिपोर्ट सार्वजनिक कार्यक्रममा विद्युतीय चुरोट आयत, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइने वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भब्तबहादुर केसीले बताएका छन् । 

डा.केसीका अनुसार स्वास्थ्य प्रवद्र्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका प्रमुख समेत रहेका नेपालमा वार्षिक ३२ अर्ब बराबरको विद्युतीय व्यापार हुने गरेको छ । एक वर्षमा ३२ लाख थान विद्युतीय चुरोटका डिभाइस भित्रिने गरेको छ । बजारमा १० हजारदेखि १३ हजारसम्म बिक्री हुँदै आएको छ । 


यसले नेपालको ठूलो धनराशि बाहिर जानुका साथै स्वास्थ्यमा धेरै हानी पु¥याइरहेकाले प्रतिबन्ध लगाउन लागिएको हो । विद्युतीय चुरोट प्रतिबन्ध लगाउन यसअघि नै प्रयास गरिए पनि निजी संस्थाले मुद्दा दायर गरेका कारण नसकिएको डा.केसीले बताए ।

केसीका अनुसार यस मुद्दामा अहिले फैसला समेत  आइसकेको छ । सरकारको पक्षमा फैसला आएको छ । भविष्यमा यस खालका मुद्दा दायर गर्न नपाउने गरी फैसला आएको उनको भनाइ छ ।

कानुनी बाटो खुलेसँगै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउन लागिएको डा.केसीले प्रस्ट पारे ।

विद्युतीय चुरोटले स्वास्थ्यलाई हानी नगर्ने भन्ने भ्रमका कारण यसको प्रयोग बढिरहेको  प्रतिष्ठान सम्पन्न गरेको अनुसन्धानले निष्कर्ष निकालेको छ । विशेष गरी युवा जमात यसको लतमा परेको अनुसन्धानको रिपोर्टमा उल्लेख छ ।

छिमेकी देश भारतमा पनि केही वर्षअगाडि नै यसमा प्रतिबन्ध लगाइसकिएको छ ।

 


Author

थप समाचार
x