स्वास्थ्य

देशभर कोभिडको ग्राफ उकालो लाग्दै: ३७ को मृत्यु र ३९३८ संक्रमित

इकागज |
साउन २१, २०७८ बिहीबार १६:५१ बजे

काठमाडौँ- बिहीबार कोभिड-१९ संक्रमणको कारण ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म देशभर ९९९४ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा तीन हजार ९३८ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । १८ हजार ४०८ जनाको परीक्षण गरिएको थियो ।

त्यसैगरी संक्रमणमुक्त २०१२ भएका छन् । हालसम्म ६ लाख ६३ हजार ६६३ संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमित ३४ हजार ४२२ जना छन् ।उपत्यकामा १०७५ नयाँ संक्रमित थपिएका छन् ।काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा संक्रमण देखिएको छ । बुधबार देशभर ४१०७ जनामा संक्रमण पुष्टि भएको र ३५ जनाको मृत्यु भएको थियो ।


 

 


Author

थप समाचार
x