स्वास्थ्य

शुक्रबार काठमाडौँमा थपिए २५ संक्रमित, ललितपुरमा सबैभन्दा धेरै

शुक्रबार-काठमाडौँमा-थपिए

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

काठमाडौँ- उपत्यकामा कोभिड-१९ को ३५ जना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २५, ललितपुरमा ६ र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन्। काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १ हजार ९६५ जना छन्।

ललितपुरमा १ हजार ५९, काठमाडौँमा ८१८ र भक्तपुरमा ८८ सक्रिय संक्रमित रहेका छन्। काठमाडौँमा कुल संक्रमित ३ लाख २३ हजार १७५, संक्रमणमुक्त ३ लाख २० हजार ५४ र मृत्यु २ हजार ३०३ जनाको भइसकेको छ।

भक्तपुरमा कुल संक्रमित ३८ हजार ६८, संक्रमणमुक्त ३७ हजार ५३२ र मृत्यु ४ सय ४८ जना संक्रमितको भइसकेको छ। त्यसैगरी ललितपुरमा कुल संक्रमित ६५ हजार ८४५, संक्रमणमुक्त ६४ हजार ३९ र ७४७ जनाको मृत्यु भएको छ।



Author

थप समाचार
x