स्वास्थ्य

अस्पताल जाँदा खोपको मात्रा पूरा गरेकाले पीसीआर गर्न नपर्ने

इकागज |
चैत ४, २०७८ शुक्रबार ११:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेकाले स्वास्थ्य परीक्षणका लागि पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । कोभिड-१९ को लक्षण नदेखिएको र खोपको मात्रा पूरा गरेकाले अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा कोभिड परीक्षण गर्नु नपर्ने भएको छ ।

सरकारले फागुन २३ गतेदेखि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा अनिवार्य पीसीआर परीक्षणको नियम हटाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा खोप कार्ड अनिवार्य लिएर जानुपर्नेछ ।



Author

थप समाचार
x