घटना-दुर्घटना

उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु

इकागज |
जेठ ४, २०७९ बुधबार ०:४४ बजे

काठमाडौँ - उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–६ मा वीरगंञ्जबाट विराटनगर जाँदै गरेको बा २५ च ७८१९ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कारमा ५ जना सवार थिए । विराटनगर महानगरपालिका–५ का ३४ वर्षीय देवेन्द्र चापागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो ।



Author

थप समाचार
x