घटना-दुर्घटना

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

इकागज |
असार ४, २०७९ शनिबार १८:३९ बजे

फाइल तस्बिर

पोखरा - स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो । 

उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासी पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।



Author

थप समाचार
x