घटना-दुर्घटना

गुल्मीमा ९० वर्षीय वृद्ध खोलामा मृत फेला

इकागज |
असार ११, २०७९ शनिबार २१:८ बजे

फाइल फोटो

गुल्मी - गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक ९० वर्षीय वृद्ध खोलामा मृत फेला परेका छन् । चन्द्रकोट गाउँपालिकाका–७ रुपाकोट निवासी ९० वर्षीय नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ को उर्लिखोलामा मृत फेला परेका हुन् ।  

उनी बिहीबारदेखि घरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा खोलामा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।



Author

थप समाचार
x