घटना-दुर्घटना

जन्ती बोकेको ट्याक्टर दुर्घटना : एककाे मृत्यु, २४ जना घाइते

इकागज |
असार १९, २०७९ आइतबार २०:२८ बजे

मकवानपुर- मकवानपुरको बागमती गाउँपालिका-७ मा ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । धरान चतरा गाईघाट हेटौंडा सडकखण्ड अन्तर्गत बागमती ७ मा आइतबार दिउँसो विवाहको जन्ती लिएर सिन्धुली तर्फ जाँदै गरेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

बागमती-९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक बालिका बागमती ७ पाथिभराकी १५ वर्षीया सलिना राई रहेको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । दुर्घटना हुँदा ट्याक्टरमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार दुर्घटनामा ७ जना गम्भीर घाइते भएका थिए ।


दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x