घटना-दुर्घटना

नदीले बगाएर बेपत्ता व्यक्ति फेला परेनन्

इकागज |
भदौ १, २०७९ बुधबार १९:५७ बजे

दमौली- तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् ।    
    
साउन २७ गते शुक्रबार र ३१ गते मङ्गलबार कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    
    
गत शुक्रबार बेपत्ता भएका दोलखाको वैतेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का र मङ्गलबार बेपत्ता भएका रसियन नागरिक २९ वर्षीय पिटर रुजिन फेला नपरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुवै जनाको खोजीकार्य जारी रहेको उनले बताए।    
    
पाँच जना साथीसहित नेपाल घुम्न आएका रसियन नागरिक रुजिन देवघाटमा स्नान गर्ने क्रममा बेपत्ता भएका हुन् । “दुवै जनाको खोजीकार्य जारी राखेका छौँ, फेला पार्न सकेका छैनौँ”, प्रहरी नायब उपरीक्षक खड्काले भने ।    

 



Author

थप समाचार
x