घटना-दुर्घटना

चौबिस घण्टामा विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला

इकागज |
असोज ३, २०७९ सोमबार १८:२ बजे

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् । 

जुम्लाको गुठिचौर गाउँपालिका–१ चौतारा बस्ने ५५ वर्षीय लक्षी ऐडी सोही गाउँपालिका–४ धलमुडीस्थित तिला नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 


बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ सुन्दरटोल डेरा गरी बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका–१ घर भएका २१ वर्षीय सुन्दर थारु सोही ठाउँस्थित पानीको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

गुल्मीको रेसुङगा नगरपालिका–८ खानीगाउँस्थित फर्निचर गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ घर भएका ५५ वर्षीय टोपबहादुर राना आफ्नै फर्निचरभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् । 

रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–४ बिष्टगाउँ बस्ने टेकबहादुर बिष्टको १० वर्षीय छोरा विजय बिष्ट आफ्नै घर नजिकैको मकैबारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

भदौ ३१ गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त मकैबारीमा शव फेला परेको हो ।  

बाराको बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा बस्ने २२ वर्षीया जुली खातुन आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

कैलालीको भजनी नगरपालिका–९ पहलमान टोलस्थित नालामा सोही ठाउँ बस्ने २५ वर्षीय बिनोद राजी आइतबार मृत अवस्थामा फेला परेका छन् । 

भदौ ३१ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा नालाको पानीमा शव फेला परेको हो । 

झापाको झापा गाउँपालिका–३ गौरीगाउँघाटी बस्ने देवान टुडुको १४ वर्षीय छोरा विजय टुडु सोही ठाउँस्थित सडक छेउको जमेको पानीमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् । 

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० पत्थरघाट दोदा नदी नजिक उखुबारीमा हाल पहिचान नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी कञ्चनपुरकै लालझाडी गाउँपालिका–१ डाडाबिचुवास्थित दोदा नदी नजिक उखुबारीमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीया महिला र अन्दाजी ३० वर्षीय पुरुषको शव आइतबार फेला परेको छ ।


Author

थप समाचार
x