घटना-दुर्घटना

काठमाडौँको जुद्द शालिक नजिक शव फेला, हत्या आरोपमा एकजना पक्राउ

इकागज |
कात्तिक १६, २०७९ १९:१४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका–२४ जुद्द शालिक नजिक एक जनाको शव फेला परेकोमा प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर भएका ६२ वर्षीय जितबहादुर लामालाई पक्राउ गरेको जनाएको छ ।


अन्दाजी ४४–४५ वर्षका पुरुषको शव जुद्द शालिक नजिक फेला परेको थियो । शव फेला परेपछि प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षकसहितको प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकसहितको अपराध अनुसन्धान अधिकृतको प्रहरी टोली खटिएको थियो ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक चिकित्सकलाई समेत झिकाइएको थियो । केन्द्रीय प्रहरी केन्द्रीय कार्यालय महाराजगञ्जबाट अनुसन्धान कार्यका लागि तालिम प्राप्त कुकुरसमेतको प्रयोग गरी संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य सुरु गरिएको थियो ।

शवको हालसम्म पहिचान खुल्न नआएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
ad
x