घटना-दुर्घटना

कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु

इकागज |
मंसिर ११, २०७९ आइतबार १८:५६ बजे

धनगढी- कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो । 

प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


Author

थप समाचार
x